Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • वीरेन्द्रनगर नगरपालिकाको बजेट ३ अर्ब २ करोड


    आइतबार, असार १० २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजारको बजेट ल्याएको छ । १३ औँ नगरसभामार्फत आइतबार नगर उपप्रमुख नीलकण्ठ खनालले उक्त बजेट पेश गरेका हुन् ।

    वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार बराबरको बजेट ल्याएको थियो । उपप्रमुख खनालले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार र चालुतर्फ १ अर्ब २५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, वित्तीय सामानीकरण अनुदानबाट २२ करोड ८९ लाख, संघीय राजस्व बाँडफाँडबाट १७ करोड ९६ लाख, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान २ करोड ९३ लाख, सशर्त अनुदान ३१ करोड २९ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै नगरपालिकाको आन्तरिक आय ४० करोड ४३ लाख, खर्च नभएको मौज्दात रकम ५ करोड र सामाजिक सुरक्षा अनुदान ४० करोड रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

    उपप्रमुख खनालले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा वडा कार्यालय सञ्चालनका लागि १९ करोड ३८ लाख विनियोजन गरिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार