Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार: ६२ अंकले बढ्यो , साढे ६ अर्बको कारोबार


    आइतबार, असार १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज साताको पहिलो कारोबारको दिन सेयर बजारको परिसूचक नेप्सेले २ हजार १ सय अंक नाघेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से अन्ततः बन्द हुादा अघिल्लो कारोबार दिनको तुलनामा आज ६२ अंक बढेर २११७ अंकमा कायम भएको हो ।

    बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढे । कुल ६ अर्ब ४९ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ ।

    कुल १८९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ४ को स्थिर रहृयो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ, सामलिङ पावर, बीपीडब्लु लघुवित्त, सिटी होटल र शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार