Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान पुनर्नियुक्त हुने नारायणकाजीको विश्वास


    सोमबार, भाद्र २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति हुने विश्वास व्यक्त गरेका छन्।

    सोमबार ट्वीट मार्फत् उनले प्रधिकरणमा घिसिङको पुनर्नियुक्ति हुने विश्वास व्यक्त गरेका हुन्।

    कार्यकारी निर्देशक घिसिङको आइतबारबाट पदावधि सकिएको छ। तर आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । यो बैठकले कुलमानको बारेमा निर्णय गर्न सक्ने आँकलन गरिएको छ । 

    प्रवक्ता श्रेष्ठ प्राधिकरणका निर्देशक कुलमानको तारिफ गर्दै उनको योगदान अझै आवश्यक रहेको बताएका छन्।

    ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’, सोमबार सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार