Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गृहमन्त्री श्रेष्ठ चीन जाँदै


    आइतबार, असार १० २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् ।

    श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने बताइएको छ । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रूपमा उपप्रधानमन्त्री श्रेष्ठ सहभागी हुने बुझिएको छ । उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ ।

    उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ । उनी शुक्रवार स्वदेश फर्कने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार