Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरकी उपमेयर मेयरको एसम्यानः एमालेसँग टाढिंदै, कांग्रेससँग नजिकिंदै


    आइतबार, असार १० २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाकी उममेयर मञ्जली शाक्य नेकपा (एमाले) बाट उपमेयर निर्वाचित भएकी हुन् । उपमेयर निर्वाचित भएपछि उनीमाथि पार्टीलाई असहयोग गरेको आरोप छ । पार्टीको कार्यक्रममा उनको खासै उपस्थिति हुदैन । एमालेमा प्रवेश गर्नुअघि उनी माओवादी केन्द्र निकट थिइन् । त्यसबेला रामबहादुर थापा ‘बादल’ गुटसँग नजिक भएपछि उनी एमाले प्रवेश गरेकी थिइन् ।

    उनलाई एमालेले महानगर कमिटीको जिम्मेवारी दिएर पार्टीमा भित्र्यायो । शुरुदेखि नै बादलका कार्यकर्ता भेला गरेर गुट बनाउन खप्पिस शाक्य एमालेको ट्याग लागेर उपमेयर निर्वाचित भए पनि उनी अहिले मेयर महर्जनको अत्यन्तै नजिक छिन् । मेयर महर्जनको हरेक कार्यक्रमलाई खुलेरै समर्थन गर्छिन् । कार्यपालिकाको बैठकमा उनको उपस्थिति मेयर महर्जनको सहजताको लागि भएको पाइन्छ ।

    उहाँ त हाम्रो पार्टीको उपमेयर भनेको सुनेको थिएँ, अहिले त मेयरको एसम्यान हुनुभएको छ । महानगरका एक कार्यपालिका सदस्यले भने । मेयर महर्जनले आउँदो निर्वाचनमा मेयरमा सहयोग गर्ने बचन दिएका कारण उहाँ मेयर महर्जनको नजिक हुनुभएको छ ।

    शनिबार नीति तथा कार्यक्रम पारित हँुदा सबैभन्दा खुसी उहाँ नै हुनुहुन्थ्यो । विपक्षी पार्टीको उममेयर रे, आफ्नै पार्टीका वडा अध्यक्षले कुनै विषयमा जानकारी लिन खोज्दा उहाँ चुप रहनुहन्छ । नीति तथा कार्यक्रम पास गर्नुअघिको छलफल कार्यक्रममा महानगरका सातवटा उपसमितिका संयोजकले छलफल कार्यक्रम बहिष्कार गरे । त्यसमा एमाले, कांग्रेस , नेकपा एस र स्वतन्त्रका वडा अध्यक्ष थिए । नेपाली काग्रेसकै वडाअध्यक्षले मेयरलाई पेल्दा उपमेयरले एमालेका वडा अध्यक्षसंग सहकाय गरी नीति कार्यक्रम पारित गर्न नदिनुपर्ने हो ? तर उपमेयर शाक्यले त मेयर साब तपाईंले गरेको ठिक छ । हामी तपाईंकै समर्थनमा छौं भन्दै मेयरको पक्षमा वकालत गर्दै हिंड्नुभयो ।

    वडा अध्यक्ष छाड्न सक्ने तर नगर प्रहरीका प्रमुख अवकासप्राप्त प्रहरी सिताराम हाछेथु छाड्न नसक्ने मेयर महर्जनले प्रहरीको विषयमा आलोचना गर्ने वडा अध्यक्षलाई नै गाली गर्ने गरेका छन् । नीति तथा कार्यक्रम पारित गर्दा त्यस्तै भयो । महानगरकै प्रवक्ता राजु महर्जनले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदा हप्की खानु प¥यो । यस्तो अवस्थामा एमाले निकट वडा अध्यक्षले मेयरको कार्यशैलीको विरोध गरे । तर उपमेयर शाक्यले मेयरको खुलेर समर्थन गरिन् ।

    प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं–३ का उम्मेदवार अमृत खड्कालाई असहयोग गरेको आरोप लागेका उपमेयर शाक्यले एमाले अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यलाई चाकडी गरेको भरमा टिकेकी छन् । महानगरमा उहाको भूमिका केवल मेयर महर्जनलाई सहयोग गर्नुमात्र छ । आफ्ना पार्टीका नेता तथा कार्यकतासँग भेट्न नरुचाउने उनी मेयरको लहलहैमा कांग्रेसका नेता र कार्यकर्तासँग नजिक देखिन थाल्नुभएको छ ।

    नेपाली काग्रेसका नेता र कार्यकर्ताले भन्ने गरेका छन् चिरीले त लतिपुरमा काग्रेस सक्ने भयो । उता एमालेका नेता कार्यकर्ताले मञ्जलीको शैलीप्रति आक्रोशित हुँदै भन्ने गरेका छन्–‘उहाँ त कांग्रेसको कार्यकर्ता जस्तै हो, मेयर महर्जनलाई पूरै समर्थन गर्न र महर्जनको आश्वासनमा मेयर हुने चाहना मा कुदिराख्नुभएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार