ललितपुर । ललितपुर महानगरपालिकाकी उममेयर मञ्जली शाक्य नेकपा (एमाले) बाट उपमेयर निर्वाचित भएकी हुन् । उपमेयर निर्वाचित भएपछि उनीमाथि पार्टीलाई असहयोग गरेको आरोप छ । पार्टीको कार्यक्रममा उनको खासै उपस्थिति हुदैन । एमालेमा प्रवेश गर्नुअघि उनी माओवादी केन्द्र निकट थिइन् । त्यसबेला रामबहादुर थापा ‘बादल’ गुटसँग नजिक भएपछि उनी एमाले प्रवेश गरेकी थिइन् ।
उनलाई एमालेले महानगर कमिटीको जिम्मेवारी दिएर पार्टीमा भित्र्यायो । शुरुदेखि नै बादलका कार्यकर्ता भेला गरेर गुट बनाउन खप्पिस शाक्य एमालेको ट्याग लागेर उपमेयर निर्वाचित भए पनि उनी अहिले मेयर महर्जनको अत्यन्तै नजिक छिन् । मेयर महर्जनको हरेक कार्यक्रमलाई खुलेरै समर्थन गर्छिन् । कार्यपालिकाको बैठकमा उनको उपस्थिति मेयर महर्जनको सहजताको लागि भएको पाइन्छ ।
उहाँ त हाम्रो पार्टीको उपमेयर भनेको सुनेको थिएँ, अहिले त मेयरको एसम्यान हुनुभएको छ । महानगरका एक कार्यपालिका सदस्यले भने । मेयर महर्जनले आउँदो निर्वाचनमा मेयरमा सहयोग गर्ने बचन दिएका कारण उहाँ मेयर महर्जनको नजिक हुनुभएको छ ।
शनिबार नीति तथा कार्यक्रम पारित हँुदा सबैभन्दा खुसी उहाँ नै हुनुहुन्थ्यो । विपक्षी पार्टीको उममेयर रे, आफ्नै पार्टीका वडा अध्यक्षले कुनै विषयमा जानकारी लिन खोज्दा उहाँ चुप रहनुहन्छ । नीति तथा कार्यक्रम पास गर्नुअघिको छलफल कार्यक्रममा महानगरका सातवटा उपसमितिका संयोजकले छलफल कार्यक्रम बहिष्कार गरे । त्यसमा एमाले, कांग्रेस , नेकपा एस र स्वतन्त्रका वडा अध्यक्ष थिए । नेपाली काग्रेसकै वडाअध्यक्षले मेयरलाई पेल्दा उपमेयरले एमालेका वडा अध्यक्षसंग सहकाय गरी नीति कार्यक्रम पारित गर्न नदिनुपर्ने हो ? तर उपमेयर शाक्यले त मेयर साब तपाईंले गरेको ठिक छ । हामी तपाईंकै समर्थनमा छौं भन्दै मेयरको पक्षमा वकालत गर्दै हिंड्नुभयो ।
वडा अध्यक्ष छाड्न सक्ने तर नगर प्रहरीका प्रमुख अवकासप्राप्त प्रहरी सिताराम हाछेथु छाड्न नसक्ने मेयर महर्जनले प्रहरीको विषयमा आलोचना गर्ने वडा अध्यक्षलाई नै गाली गर्ने गरेका छन् । नीति तथा कार्यक्रम पारित गर्दा त्यस्तै भयो । महानगरकै प्रवक्ता राजु महर्जनले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदा हप्की खानु प¥यो । यस्तो अवस्थामा एमाले निकट वडा अध्यक्षले मेयरको कार्यशैलीको विरोध गरे । तर उपमेयर शाक्यले मेयरको खुलेर समर्थन गरिन् ।
प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं–३ का उम्मेदवार अमृत खड्कालाई असहयोग गरेको आरोप लागेका उपमेयर शाक्यले एमाले अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यलाई चाकडी गरेको भरमा टिकेकी छन् । महानगरमा उहाको भूमिका केवल मेयर महर्जनलाई सहयोग गर्नुमात्र छ । आफ्ना पार्टीका नेता तथा कार्यकतासँग भेट्न नरुचाउने उनी मेयरको लहलहैमा कांग्रेसका नेता र कार्यकर्तासँग नजिक देखिन थाल्नुभएको छ ।
नेपाली काग्रेसका नेता र कार्यकर्ताले भन्ने गरेका छन् चिरीले त लतिपुरमा काग्रेस सक्ने भयो । उता एमालेका नेता कार्यकर्ताले मञ्जलीको शैलीप्रति आक्रोशित हुँदै भन्ने गरेका छन्–‘उहाँ त कांग्रेसको कार्यकर्ता जस्तै हो, मेयर महर्जनलाई पूरै समर्थन गर्न र महर्जनको आश्वासनमा मेयर हुने चाहना मा कुदिराख्नुभएको छ ।’
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend