Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७ रनमै अलआउट


    शनिबार, असार ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई रनमै १६७ अलआउट गरेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

    मात्र ७ रन जोड्दा पहिलो विकेटका रुपमा आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुनै पनि जोडीले ठूलो साझेदारी गर्न सकेन र, निरन्तर विकेट गुमाइरह्यो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ न बनाए । सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

    लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार