काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने अवस्था भएकाले यो बैठकलाई चासोका साथ हेरिएको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरु, वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने लगायतका काम रहेकाले पनि यो बैठकलाई चासोका साथ हेरिएको हो । बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्दैछ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश नै नपाएपछि चौतर्फी आश्चर्य व्यक्त भएको थियो । कुलमानको कार्यकाल आइतबार सकिएको छ । यस्तै अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेको पदावधि पनि सकिइसकेको छ ।
यस्तैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरिसकेको छ । सो निर्णय कार्यान्वयनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गर्दै आएका छन् । आजको बैठकमा यी विषयहरुमा निर्णय हुनसक्ने आँकलन गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend