Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु


    शुक्रबार, असार ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके । बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

    आज (शुक्रबार) बिहान कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर मृत्यु भएको हो ।

    मायारानीको आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार