Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वेस्ट इन्डिजविरूद्ध बलिङ गर्दै नेपाल


    बिहिबार, असार ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालल आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै छ ।

    जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्ने भएको छ।

    नेपालले टिममा कुनै परिवर्तन गरेको छैन। अमेरिकाविरूद्ध मैदान उत्रिएको टिम नै वेस्ट इन्डिजविरूद्ध खेल्नेछ।

    नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने।

    यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

    वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

    नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार