Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईसेवामा रहेको रकम एटीएमबाट कसरी निकाल्ने ?


    बिहिबार, असार ७ २०८०
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने व्यवस्था भएक छ। हाल इसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो।

    ईसेवाले एभरेष्ट बैंकसँगको उक्त सहकार्यमा यस्तो सेवा बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

    यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाललाई यो भन्दा बढी रकम निकाल्ने व्यवस्था भने छैन ।

    एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्नसक्ने कम्पनीले जनाएको छ ।

    यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटीएम मार्फत पनि रकम झिक्न सकिने भएपछि प्रयोगकर्तालाई सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार