Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • इतिहास पढ्नेमात्र होइन रच्ने विषय पनि हो: रवि लामिछाने


    बिहिबार, असार ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको उल्लेख गरेका छन्।

    रास्वपाले आज (बिहीबार) पहिलो स्थापना दिवस मनाउँदैछ। अघिल्लो असार ७ गते स्थापना भएको पार्टी अहिले २१ सिटसहित संसदको चौथो दल बनेको छ।

    सभापति लामिछानेले ‘होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्ने बताए।

    ‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ। रास्वपा एक वर्षको हुँदला हिजोको जग खडा गर्नु हुने सीधा कुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु’ उनले भनेका छन्।

    उनले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटकक घण्टी बजाएर ऐक्यबद्धता जनाउन भनेका छन्।

    अहिले रास्वपाको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चियापान आयोजना गरिएको रास्वपाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार