Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुआत


    मंगलबार, असार ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपालका बलरले उत्कृष्ट सुरुआत गरेका छन् । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको ११औं ओभर समाप्त हुँदा अमेरिकाले चार विकेट गुमाएर २३ रन जोडेको छ ।

    नेपालका लागि चारै विकेट करण केसीले लिए । करणले दोस्रो ओभरमा दुई, आठौं ओभरमा एक र दशौँ ओभरमा एक गरी चार विकेट लिए ।

    अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै छ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् ।

    समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

    यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार