Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नयाँ स्टक एक्सचेन्जमा चलखेल छ, ब्रोकर लाइसेन्समा आशंका उब्जियो: स्वर्णिम वाग्ले


    मंगलबार, असार ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको दाबी गरेका छन् । आज अर्थ समितिको बैठकमा वाग्लेले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए ।

    “नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको हामी सबैलाई थाहा छ । हामीलाई पनि यो जानकारी आउँछ । बोर्डका अध्यक्षज्यूको कुरा सुन्दा ब्रोकर लाइसेन्समा भने आशंका उब्जियो,” उनले भने, “बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको छ ।”

    ब्रोकर बढी खोल्न दिए प्रतिस्पर्धा बढ्ने र सेवाग्राहीले लाभ लिन सक्ने उनको भनाइ छ । अर्थशास्त्रीय सिद्धान्त पनि यही भएको भन्दै उनले उत्पादकलाई सुविधा दिनुपर्नेमा जोड दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार