Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री, मन्त्री बन्न सांसदहरुको दौडधूप


    आइतबार, भाद्र २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गएको फागुनदेखि जारी विवाद शुक्रबार सम्पन्न स्थायी समितिको बैठकपछि अन्त्य भएको छ । स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुरा मिलिसकेकाले अब मन्त्रिपरिषद पुनर्गठन हुने चर्चा सुरु भएको छ । मन्त्रिपरिषद पुनर्गनठनको चर्चासँगै मन्त्रीका लागि नेकपाका सांसदहरुको दौडधूप सुरु भइसकेको छ ।

    पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सांसद बनाएर जसरी पनि सरकारमा छिराउने डिजाइन कार्यकारी अध्यक्ष प्रचण्डको छ । गौतमलाई उपप्रमसहित अर्थमन्त्रालय दिनुपर्छ भनेर उचाल्ने क्रम सुरु भइसकेको छ । प्रधानमन्त्री ओलीले उनलाई अर्थ नदिने कुरा सबैलाई थाहा  छ । अर्थ नभए गृहमन्त्रालयमा दाबी गर्ने तयारी छ । गौतमलाई सरकारमा लान प्रचण्ड किन चाहन्छन् त ? उनलाई सरकारमा लाँदा प्रचण्डलाई दुईवटा फाइदा छन् । एउटा वामदेवलाई गुन लगाई आफ्नो पक्षमा पार्ने, अर्को रामबहादुर थापा ‘बादल’ साइड लगाउन पाइने ।

    गौतमलाई गृहमा गएमा अर्थमन्त्रालयमा आफ्ना निकट बर्षमान पुन वा जनार्दन शर्मालाई लाने दाउमा प्रचण्ड छन् । त्यही डिजाइन अन्तर्गत जनार्दन शर्माले एक हात उफ्रेर हतार हतार वामदेव गौतम अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्री हुने रहस्य खोलेका छन् । प्रचण्ड सहितको एक तप्का गौतमलाई जसरी पनि सरकारमा पठाउने दाउमा छ । तर प्रधानमन्त्री ओली समूहका नेताहरु भने गौतमलाई राष्ट्रियसभामा लाने र श्रीमती तुलसा थापालाई मन्त्रीको प्रस्ताव गरिरहेको स्रोत बताउँछ ।

    पूर्व एमालेबाट परराष्ट्र र रक्षा मन्त्रालयमा भीम रावलको नाम चर्चामा छ । सुरेन्द्र पाण्डेलाई पनि परराष्ट्र र सहरी विकास मध्ये एक मन्त्रालयको प्रस्ताव पुगेको छ । महासचिव बिष्णु पौडेल अर्थ मन्त्रालयको जिम्मा पाए सरकारमा जानेबारेमा सकारात्मक रहेको बताइन्छ ।  

    त्यस्तै मन्त्रीका लागि पूर्वएमालेबाट घनश्याम खतिवडा, महेश बस्नेत, राजेन्द्र गौतम, विशाल भट्टराई, गणेश ठगुन्ना, बेदुराम भूसाल, कृष्णगोपाल श्रेष्ठ, सोमप्रसाद पाण्डे, खिमलाल भट्टराई, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, सरला यादव, बिरोध खतिवडा, खगराज अधिकारी, छविलाल विश्वकर्मा, बिमला पौडेल राई, किसान श्रेष्ठ लगायतको दौडधूप छ । यीमध्ये बस्नेत, पाण्डे, तामाङ, अधिकारी, विश्वकर्मा एक पटक मन्त्री भइसकेका नाम हुन् । तामाङ भने मन्त्री भएको केही महिनामै राजीनामा दिन बाध्य भएका थिए । कृष्णगोपाल श्रेष्ठ राज्यमन्त्री भएका थिए ।
    पूर्वमाओवादीबाट जनार्दन शर्मा, पम्फा भूसाल, प्रभु साह, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, अमनलाल मोदी, इन्दू शर्मा लगायतको नाम चर्चामा छ ।

    मन्त्रिपरिषद पुनर्गठन गर्नेबारेमा सहमति भए पनि कति मन्त्रीलाई बिदा गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । प्रचण्डले वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री बर्षमान पुन र बुहारी विना मगरलाई हटाउन चाहिरहेका छैनन् । बुहारीलाई मेलम्चीको पानी काठमाडौं उपत्यकामा नआउँदासम्म राखिरहने चाहना प्रचण्डको रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार बादल नहटे बर्षमान पनि मन्त्रिपरिषदमा यथावत राखिनेछन् ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार