काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।
नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड १९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९र८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ ।
आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२० र २०२१ मा क्रमशः औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ुनेपाल पर्यटन तथ्यांक २०२१ु ले पनि पछिल्लो दशकमा ती वर्षहरूमै सबैभन्दा बढी अवधि पर्यटक नेपाल बसेको देखाउँछ । अन्य वर्षमा भने औसत बसाइ अवधि १२ देखि साढे १३ दिनसम्म देखिन्छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend