Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनको मूल्य स्थिर, चाँदीको कति?


    सोमबार, असार ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै आज हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको र चाँदीको मूल्य भने घटेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ छ । हिजो आइतबार यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार