Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य


    आइतबार, असार ३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको छ ।

    हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाउन सफल भएको हो ।

    नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।

    जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

    यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

    कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार