Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार ५२.२६ अंकले बढ्याे, ४ अर्बको कारोबार


    आइतबार, असार ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह आउनेक्रम आज पनि जारी रहेको छ ।

    यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ ।

    १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

    सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ । यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ कराेड ९१ लाख ८४ हजार १६ रुपैयाँ काराेबार भएकाे छ ।

    ३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स र सोल्टी होटल परेका

    छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार