Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध कपडासहित दुई भारतीय नागरिक पक्राउ


    आइतबार, असार ३ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • हेटौँडा । ठूलो परिणाममा अवैध कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

    पूर्व पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सिराहाबाट हेटौँडाका लागि आउँदै गरेको बिआर ०६ जिइ ५०५३ नं. को भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएको कपडासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार सार्वजनिक गरेको हो ।

    ट्रक जाँच गर्ने क्रममा प्याजको बोराले छोपेर ल्याएको ९० बोरा कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

    कपडासँगै पक्राउ पर्नेमा भारतको पञ्जाव राज्यको लोदियाना जिल्ला रसलपुर ग्राम ७ का ट्रक चालक ३३ वर्षीय रन्जौद सिंह र सहचालक २६ वर्षीय सुधिरकुमार सहनी रहेका छन् ।

    प्रहरीका अनुसार बरामद भएको पाइन्ट, सुट, सर्ट, कुर्था र कोरा कपडाको मूल्य एक करोड ५५ लाख ६९७ रुपियाँ रहेको छ ।

    प्रहरीलेले उक्त कपडासँगै ट्रक र ८४ क्विण्टल प्याजसमेत बरामद गरी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार