Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • विश्वकप क्रिकेट छनोट: जिम्बाव्वेविरुद्ध कुशलको अर्धशतक


    आइतबार, असार ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक प्रहार गरेका छन् । भुर्तेल टेष्ट राष्ट्र विरुद्ध पहिलो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बन्न सफल भएका छन् ।

    हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ‌ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका हानेका छन् ।

    २० औं ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिंगल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको छैटौं अर्धशतक हो ।

    व्यक्तिगत एक रन बनाउँदा चौथो ओभरमै जिवनदान पाएका कुशलले त्यसपछि आक्रमक ब्याटिङ गरे । जिम्बाव्वेका सिकन्दरा राजाले भुर्तेललाई फस्ट स्लिपमा ड्रप गरेका थिए ।

    उनको अर्धशतक मद्दमा नेपालले २० ओभरको खेल सकिँदा बिना क्षति ८४ रन बनाएको छ ।

    अर्का ओपनर आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।

    नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार