Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री ज्वाला भन्छन्- सडक सञ्जालविच्छेद ताप्लेजुङलाई जोड्न बेलिब्रिज बनाउँछौं


    आइतबार, असार ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। यस वर्षको असारको शुरूआतमै बाढीका कारण पुल भत्काएर अवरुद्ध बनेका पूर्वी नेपालका सडक खुलाउन सरकारले तत्कालै बेलिब्रिज बनाउने भएको छ ।

    आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मेची राजमार्ग र तमोर करिडोरमा भत्किएका पुल निर्माणको कामलाई तीब्रता दिइने बताएका हुन् ।

    शनिबारको बाढीका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम प्रभावित भएको जानकारी दिँदै मन्त्री ज्वालाले पीडितको उद्धारका लागि सरकारले तीब्र रूपमा काम अगाडि बढाइरहेको बताए ।

    ‘मेची राजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खेला पुल भत्किएको र तमोरको बेलिब्रिज बगाएपछि ताप्लेजुङ सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएको छ, विद्युत पनि टुटेको छ’ मन्त्री ज्वालाले भने, ‘सडक खुलाउन प्रयास शुरू भइसकेको छ । तत्कालै बेलिब्रिज बनाउँछौं ।’

    नागढुङ्गा सडक खण्ड अवरुद्ध हुँदा १३ घण्टामै सडक तयार गरेको उदाहरण दिँदै मन्त्री ज्वालाले राजमार्ग खुलाउन तीब्र रूपले काम गर्ने दाबी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार