Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चाको घोषणा भोलि


    आइतबार, असार ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा भोलि (सोमबार) गरिने तयारी भएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरिएको हो ।

    जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।

    मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए ।

    “समाजवादी मोर्चा भोलि राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर घोषणा गर्ने निर्णय भएको छ,” उनले भने, “मोर्चामा चार दल रहनेछन् ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार