Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चा गठनका लागि बालुवाटारमा बैठक


    आइतबार, असार ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा गठन गर्ने अन्तिम तयारीमा जुटेका छन्। असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भनेभएको थिएन। सम्भवत : आज या भोलि मोर्चा घोषणा हुने नेताहरुले बताएका छन्।

    मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी छलफल भइरहेको छ।

    आज बिहान समाजवादी मोर्चाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लब लगायतका नेताहरुबीच बालुवाटारमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

    चार दलका शीर्ष नेता छलफलमा जुट्नु अगाडि दोस्रो तहका नेताहरुबीच पनि बिहान छलफल भएको हो।

    समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी हुने नहुने टुंगो लागेको छैन। आजको बैठकमा भट्टराई सहभागी छैनन्।

    यता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने जानकारी दिए। ‘कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो।’ उपाध्यक्ष पाण्डेले भने, ‘सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको थियो।’

    यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चा एमाले विरुद्ध मुकाबिला गर्न बनाउन खोजेको बताएका हुन्। शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका साना दल मिलेर बन्न लागेको समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार