राँची । भारतीय चलचित्र अभिनेत्री अमिषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनीमाथि चेक बाउन्स, ठगी र धम्कीको मुद्दा चलिरहेको छ ।
जानकारीका अनुसार यसअघि उनी नआउने भनिएपनि राँची आएपछि उनले सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनले राँची सिभिल अदालतको सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा आत्मसमर्पण गरेकी हुन्। उनलाई अदालतले १०/१० हजारको दुई वटा धरौटीमा रिहा गरेको छ ।
अप्रिल महिनामा भएको सुनुवाइका क्रममा उनलाई अदालतमा उपस्थित हुन भनिएको थियो तर उनी हाजिर भएनन् । त्यसपछि राँची सिभिल कोर्टबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
झारखण्ड रांचीका फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध सन् २०१८ मा मुद्दा दायर गरेका थिए । उनले अमिषा पटेल र उनका व्यवसायिक साझेदार कुणालले उनलाई ठगी गरेको बताएका थिए । सिंहले अमिषा पटेल विरुद्ध चेक बाउन्स, ठगी र धम्की दिएको आरोप लगाएका छन् ।
राँचीका सिंहले १७ नोभेम्बर २०१८ मा राँची सीजेएम अदालतमा यो मुद्दा दायर गरेका थिए।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend