Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुटिनले बेलारुसमा पठाए आणविक हतियार


    शनिबार, असार २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ। अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए ।

    मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दूरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, ‘मेरो अमेरिकासँग लड्ने योजना छैन, रणनीतिक हतियार मात्र हाम्रो लागि ठीक छ।’ इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको उनले बताए ।

    लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहेका छन्। फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो।

    रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू आउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार