Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको भाउ


    शुक्रबार, असार १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्थानीय बजारमा आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार र बिहीबार लगातार घटेको सुनको भाउ शुक्रबार भने प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपयाँमा कारोबार भएको थियो ।

    आज तेजावी सुनको भाउ प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार चाँदी एक हजार ४०५ रूपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार