उपेन्द्र कोइराला, इश्वर पोखरेल र सेवन्तक पोखरेल
काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइराला तत्काल राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त नहुने भएका छन् । उनले सातौं पटक नियुक्ति पाएको बिषयमा सामाजिक संजालमा मात्र होइन पार्टीपंक्तिमा समेत बिरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई तत्काल बैंकको अध्यक्ष नियुक्ति नगर्न निर्देशन दिएको अर्थमन्त्रालयको उच्च स्रोतले बताएको छ । लोकतन्त्र प्राप्तीको आन्दोलनमा कुनै योगदान नभएका कोइरालाले पटक पटक नियुक्ति पाएको बिषयमा चर्को बिरोध हुँदैआएको छ । उपकुलपति भइसकेका कोइराला राजदूत पदमा नियुक्ति भएको भए स्वभाविक मानिन्थ्यो, तर उनले बाणिज्य बैंकको संचालक पद समेत नछोडेपछि उनको पदलोलुप प्रबृत्ति उजागर गरेको छ ।
निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले दबाबमा परी विवादमा पर्नसक्ने संभावना हुँदाहुँदै उनलाई २०७७ भदौ ५ मा राष्ट्रिय बाणिज्य बैंकको संचालकमा नियुक्त गरेका थिए । भदौ १० मा अध्यक्षमा चयन गर्ने मिति तय भए पनि ब्यापक बिरोध भएपछि उनको नियुक्ति हुन सकेन । त्यसपछि बाणिज्य बैंकको संचालक समितिको बैठक पटक पटक राखिए पनि उनलाई नियुक्ति गरिएको छैन । प्रधानमन्त्री ओलीकै संकेतमा उनको नियुक्ति रोकिएको स्रोतको दाबी छ । कोइरालाको नियुक्ति रोकिनुलाई नागरिकको बिरोधलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको अर्थमा पनि लिइएको छ ।
कोइराला २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भए । खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए । २०६१ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए । पुनः कोइरालो मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ ।
सातौंपटक नियुक्ति पाएको बिषयमा बिरोध भएपछि कोइरालाले युट्युब र अनलाइनमा प्रतिरक्षाका नाममा देखाएको नौटंकीले उनी थप विवादमा तानिए । उनले आफू योग्य भएरै पटक पटक नियुक्ति भएको जिकिर गरेका छन् । तर नेकपामा उनीजस्ता योग्यता भएका सयौं होइन, हजारौं छन् । तिनले अवसरै पाउन सकेका छैनन् । पाइहाले पनि उनीहरुका लागि एकपटक नियुक्ति पाउनेले दोहोरिन नपाउने मापदण्ड बनाइएको छ । तर कोइरालाका लागि भने मापदण्ड लागू नभएकोमा प्रधानमन्त्री ओलीकै समूहका नेता कार्यकर्ताले पनि अति नै भएको भनी बिरोध गरेका छन् ।
यसैबीच, रक्षामन्त्री पोखरेलका बन्धु सेवन्तक पोखरेललाई कोलकाताको इकोनोमिक काउन्सिलरमा पठाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि फाइल पठाइएकोमा अहिलेसम्म निर्णय हुन सकेको छैन । उपसचिव पोखरेललाई पठाउनका लागि सामान्यमा फाइल पठाएको एक महिना भए पनि नआएको अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बताएका छन् । बिहीबार साँझ नेपालफेस प्रतिनिधिसँग उनले भने, ‘एक महिना भयो, सहमतिका लागि पठाएको तर निर्णय भएर आएको छैन ।’
सेवन्तक पोखरेल अर्थमन्त्रालयका सय भन्दा बढी राजस्व समूहका उपसचिवमा सबैभन्दा भाग्यमानीमा पर्दछन् । अधिकृत हुँदा बीरगंज भन्सारमा बसी अकूत आर्जन गरे । उपसचिव बढुवा हुनासाथ त्यही भन्सारमा पदस्थापन भएर ३ बर्षसम्म तस्करीको लाइन दिएर अथाह कमाउनेमध्येमा उनी पर्दछन् । अर्थमा उनीमात्रै सबैभन्दा बढी अवसर पाउनेमा पर्दछन् । तर इकोनोमिक काउन्सिलरको पदमा पनि उनैले मौका पाउने भएका छन् । यसरी मौका पाउनुको कारण सबै मन्त्री पोखरेलका बन्धु हुनु हो भन्दछन् अर्थका अधिकारीहरु ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend