काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त समूहमा सचिव सरुवा गर्ने परिपाटी नै बस्न थालेको छ । विगतमा यदाकदा सचिवहरुलाई अतिरिक्त समूहमा राखिए पनि पछिल्ला दिनमा विशिष्ट श्रेणीका कर्मचारीलाई विनाजिम्मेवारी अतिरिक्त समूहमा राखिएको छ ।
अतिरिक्त समूहमा लामो समय बसेर तथ्यांक विभागमा नयाँ सचिवको दरबन्दी सृजना गरी रामप्रसाद थपलियाको ब्यवस्थापन गरिएको महिना दिन नबित्दै उनको स्थान बैकुन्ठ अर्यालले लिन पुगेका छन् । असारको पहिलो साता अवकाश हुन लागेका सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । बरिष्ठ सचिव अर्याललाई निजामती सेवा ऐन बिपरीत अतिरिक्त समूहमा राखिएको भन्दै धेरैले सहानभूति प्रकट गरेका छन् । तर भित्री रहस्य भने अर्कै रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालका मुख्यसचिव शंकरदास बैरागीको कार्यशैलीप्रति प्रचण्ड नेतृत्वको सरकार सन्तुष्ट छैन ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुख्यसचिव बन्न सफल भएका बैरागीलाई एमाले निकटको संज्ञा दिने गरिन्छ । उनले मन्त्रिपरिषदले गर्न लागेका महत्वपूर्ण सूचना बालकोटमा चुहाउने गरेको आरोप छ । सोही आरोपका कारण प्रचण्डले बैरागीलाई मागेकै देशको राजदूत बनाएर मुख्यसचिवबाट बिदाइ गर्ने र सो स्थानमा अर्याललाई मुख्यसचिव बनाउने खेल भइरहेको छ । सोही योजनालाई मूर्तरुप दिन अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लगिएको स्रोतको दाबी छ ।
परराष्ट्र समूहबाट आएका बैरागी संकीर्ण स्वभावका भनेर चिनिन्छन् । केही क्षेत्रीय र जातीय आधारमा कर्मचारीहरुसँग निकट सम्बन्ध राख्ने र अरु कर्मचारीलाई पाखा लाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दैआएका बैरागीलाई पछिल्लो समय निजामती प्रशासनलाई झनै पंगु बनाउन महत्वपूर्ण भूमिका खेलेको आरोप छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यले कर्मचारीहरुको तेजोबध गर्ने निर्णय लिंदा कर्मचारीको मुख्य अभिभावक भएर पनि उनीहरुको पक्षमा कुनै किसिमको भूमिका नखेली आफ्नो मात्र पद सुरक्षित गर्न भुमिका खेलेको आरोप छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend