Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज सुनचाँदीको मूल्य


    बुधबार, जेष्ठ ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज कारोबार हुने साताको चौथो दिन बुधबार सुन-चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ।

    बुधबार सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँ कमी आउँदा चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ पर्नेछ।

    चाँदी भने १ हजार ४२५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

    मंगलबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँ हुँदा चाँदी १ हजार ४५०रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार