काठमाण्डाै । आज हप्ताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।
हिजो साेमवार दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, बुलुङ इनर्जी विकास कम्पनी र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend