Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३४ अङ्कले बढेर नेप्से दुई हजार विन्दुमाथि


    मंगलबार, जेष्ठ ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै । आज हप्ताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।

    हिजो साेमवार दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, बुलुङ इनर्जी विकास कम्पनी र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार