काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आजको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको १५ बुँदे प्रस्ताव पारित गर्यो । प्रस्तावका बुँदाहरुमा स्थायी समिति सदस्यहरुले आ-आफ्ना धारणा राखे । तर एउटा प्रस्तावमा भने ‘नोट अफ डिसेण्ट’ राखिएको छ ।
स्थायी समिति सदस्य लिलामणि पोखरेलले सो प्रस्तावको एउटा बुँदामा ‘नोट अफ डिसेण्ट’ राखेका हुन् । उनले अध्यक्षद्वयको प्रस्तावको १५औं बुँदामा रहेको एमसीसीबारेको प्रस्तावमा लिखित असहमति जनाएका हुन् ।
अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए । पोखरेलले त्यसको विरोध गरेका हुन् ।
‘एमसीसी आफैंमा विभिन्न उद्देश्यले आएको हो । मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसक्यो । मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी हित अनुकूल संशोधन हुन्छ त ?,’ पोखरेलले बैठकमा उठाएका थिए ।
एमसीसी आईपीएस (इन्डो प्यासिफिक स्ट्राट्रेजी) को अंग रहेको दावी गर्दै आएका पोखरेल बैठकमा पनि त्यही कुरामा उभिएका थिए । तर यसअघि एमसीसीको विरोधमा रहेकाहरु भने बैठकमा मौन नै थिए ।
एमसीसी नेपालको संविधान कानुन, सरकार, संसद, अदालतको मान्यताको विपरीत रहेको र संविधानभन्दा माथि रहने सम्झौताका कुराहरू रहेको भन्दै उनले असहमति जनाएको बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend