सर्लाही । सर्लाहीको ईश्वरपुरमा आज ऊ मंगलबार भारतीय नम्बर प्लेटको स्कारपियोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । भारतीय नम्बरको सो स्कारपियो चन्द्रनगर गाउँपालिकाका पूर्वअध्यक्ष चढ्ने रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चन्द्रनगरबाट ईश्वरपुरतर्फ जाँदै गरेको ज २ प ६४५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट जाँदै गरेको बीआर ३० पी २४५९ नम्बरको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका २ का ४५ वर्षीय मनोज महतोको ज्यान गएको हो ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका महतोलाई स्थानीयले उपचारका लागि ईश्वरपुरस्थित अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि बर्दिबास लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि भाग्न सफल भएको स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन् । प्रत्यक्षदर्शीका अनुसार स्कारपियोमा चन्द्रनगरका पूर्वअध्यक्ष महेन्द्र महतो रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयले भने प्रारम्भिक रुपमा पूर्वअध्यक्ष महतो चढेको जानकारी आए पनि यसबारे अनुसन्धान भइरहेको र चालकको खोजतलाससमेत भइरहेको जनाएको छ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend