Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज हुँदै


    मंगलबार, जेष्ठ ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

    पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलवार सुनुवाइ हुन लागेको हो ।

    माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेकाप्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार