Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता


    मंगलबार, जेष्ठ ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो ।

    भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एव्म अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरुमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन्।

    अध्यक्ष तिमिल्सिनाले विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिँदै आएको बताए । यस्तै उनले नेपाल सधै एक चीन नीतिको पक्षमा रहेको समेत पुन दोहोराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार