Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी समिति बैठक


    शुक्रबार, भाद्र २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असार १० देखि जारी स्थायी समिति बैठक सकिएको छ। बैठकले आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्ताव पारित समेत गर‍ेको छ।

    शुक्रबारको बैठकपछि बालुवाटारमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अन्त्य भएको जानकारी दिए।

    बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने सर अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।

    आजको बैठकमा अध्यक्षद्वको प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, माधव नेपाल, रघुजी पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए। 

    सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

    शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए। उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए। बैठकमा थोरै बोलेका उनी २० मिनेटपछि नै बैठकस्थलबाट बाहिरिएका थिए ।

    उनी बाहिरिएसँगै अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सञ्चालन भएको थियो । बैठकको अन्त्यमा अध्यक्षद्वयको प्रस्ताव पारित गरिएको थियो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार