Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा गृहमन्त्रीसँग जवाफ माग्ने संसदीय समितिको निर्णय


    सोमबार, जेष्ठ २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीका विषयमा गृहमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको छ । आज बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

    समितिकी सभापति दिलकुमारी रावलले सो कार्यालय खारेज गर्ने विषयमा उठेका सबै प्रश्नमाथि छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने जानकारी दिइन् । गृहमन्त्रीको समय उपलब्धताका विषयमा बुझेर छलफलको मिति तय गर्ने उनको प्रस्ताव समिति बैठकले अनुमोदन गरेको छ ।

    १५ जेठमा आर्थिक वर्ष २०८०/८१ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार