Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन संसदीय समितिको बैठक बस्दै


    बुधबार, पुष १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हाे ।

    बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

    त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुन लागेको हाे ।

    यसैगरी दिउँसो साढे १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार