Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम प्रदेश सभाको बैठक एमालेद्धारा बहिष्कार


    सोमबार, जेष्ठ २९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाठौं । विपक्षी दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

    कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविज्ञान बनाउने सरकारको निर्णय विपरीत बजेटमार्फत प्रतिष्ठान बनाउन खोजिएको भन्दै प्रदेश सरकारको प्रष्ट धारणाको माग गर्दै आजको प्रदेश सभाको बैठक बहिष्कार गरेको हो ।

    मुख्यमन्त्री कमलबहादुर शाहले गेटा विश्वविद्यालयका सम्बन्धमा सम्बोधन गरेपछि नेकपा एमालेका सांसदहरु उठेर मन्त्रिपरिषद्को निर्णयको माग गरेका थिए ।

    सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत विश्वविद्यालय सम्बन्धमा धारण सार्वजनिक गर्नु पर्ने नेकपा एमालेका प्रमुख सचेतक सुरेन्द्र पालले बताए।

    उनले सरकारको धारणा सार्वजनिक नभएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार