Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन


    सोमबार, जेष्ठ २९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको हो। बर्लुस्कोनी तीनपटक इटलीका प्रधानमन्त्री बनेका थिए । सन् १९९४ देखि २०११ को समयमा उनी तीन कार्यकाल प्रधानमन्त्री पदमा आसिन थिए ।

    उनी एक सफल व्यवसायी पनि थिए । सन् १९९३ मा उनले खडा गरेको पार्टी फोर्जा इटालिया अहिले सत्ता गठबन्धनमा सामेल छ ।

    उनीमाथि कर छलीको आरोप पनि लागेको थियो जसले उनलाई र उनको पार्टीलाई निर्वाचनमा धक्का पनि पुगेको थियो ।

    गत अप्रिलमा उनलाई ल्युकिमिया र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

    त्यसपछि डिस्चार्ज भएका उनलाई ल्युकिमिया रोगकै कारण शुक्रबार मिलानको अस्पतालमा भर्ना गरिएको थियो । तर, यसपटक उनको ज्यान बचाउन नसकिएको चिकित्सकहरूले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार