Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • स्थायी समिति बैठक जारी, अहिलेसम्म ९ जनाले राखे धारणा


    शुक्रबार, भाद्र २६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी छ । 

    जारी बैठकमा हालसम्म वरिष्ठ नेता माधव कुमार नेपाललगायतका ९ जना स्थायकी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् । अहिलेसम्म माधव नेपालसहित देव गुरुङ, लिलामणी पोखरेल, घनश्याम भुसाल, मातृका यादव, अष्टलक्ष्मी शाक्य, भिम आचार्य र रघुजी पन्तलगायतले आफ्नो धारणा राखेका छन् ।

    बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ। उक्त प्रस्ताव बुधवार नै स्थायी समिति सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ।

    असार १० गतेदेखि सुरु भएको बैठक शुक्रबार नै टुंग्याउने तयारी रहेको छ।

    पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने यसअघि नै आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए । उनले बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार