काठमाडौँ। आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।
सोमबार बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीबारे अध्ययन गरिने नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीको अध्ययन गर्न बैठक बोलाइएको छ,’ उनले भने।
आजको बैठकमा उजुरीकर्ताहरूलाई छलफलमा बोलाउनेबारे पनि निर्णय हुने उनले बताए।
जेठ १६ गते कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना प्रकाशित गरेको थियो।
उजुरीमाथिको अध्ययन र छलफल भएपछि कार्कीलाईलाई पनि समितिमा बोलाइने छ। उनलाई यही समितिमा बोलाउने तयारी छ।
आइतबार मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई उनको अवकाशको मितिबारे न्याय परिषद्ले सम्झाएको थियो ।
न्याय परिषद् सचिवालयले आइतबार पठाएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउने जानकारी गराइएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend