Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ पाएन : रास्वपा सांसद खनाल


    आइतबार, जेष्ठ २८ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ नै नपाएको स्पष्ट पारेका छन्।

    प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले नीतिमा समावेश गरिएको कुरा बजेटले नसमेटेको बताएका हुन्।

    ‘बुँदा २१०ले बूढानीलकण्ठजस्तो विद्यालय मुख्य सहरहरूमा बनाउने भनिएको छ। हामीले बूढानीलकण्ठ विद्यालयको प्रतिविद्यार्थी खर्च हेर्‍र्यौं भने वर्षको साढे चारलाख जस्तो पर्छ। तर, नेपालका अन्य सामुदायिक विद्यालयले प्रतिविद्यार्ती साढे १७–१८ हजार खर्च गर्छ। ज्ञानोदयजस्तो विद्यालयले प्रतिविद्यार्थी १८ हजार खर्च गर्छ। आजको सन्दर्भमा बूढानीलकण्ठजस्तो विद्यालय बनाउने हो कि, राम्रा विद्यालय पनि बनाउने हो?’ उनले भने।

    उनले हाम्रो अर्थतन्त्रले कस्तो विद्यालय बनाउने भने निर्क्यौल गर्न चुकेको बताए। त्यस्तै नीतिले बोलेका कुरामा बजेट मौन बसेको बताएका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार