Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थायी समिति बैठकबाट बाहिरिए ओली, बैठक चलाउने जिम्मा प्रचण्डलाई


    शुक्रबार, भाद्र २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी छ। बालुवाटारमै बसेको बैठकबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिकएका छन् । उनी बैठकको सुरुआती २० मिनेट मात्रै बसे । 

    उनी बाहिरिएसँगै बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ। प्रधानमन्त्री ओली सहमतिमै बाहिरिएकाे एक स्थायी समिति सदस्यले जानकारी दिए।

    बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ। उक्त प्रस्ताव बुधवार नै स्थायी समिति सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ।

    असार १० गतेदेखि सुरु भएको बैठक शुक्रबार नै टुंग्याउने तयारी रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार