काठमाडौं । समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा सुवेदीले १४७ मत प्राप्त गरेका छन् ।
अध्यक्षका प्रत्यासी भूपराज खड्काले ११९ मत प्राप्त गरेका छन् । २८ मतान्तरले सुवेदी बिजयी भएका हुन् । सुवेदी निवर्तमान बरिष्ठ उपाध्यक्ष र खड्का महासचिव थिए । अध्यक्षका तेस्रा प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरेका छन् ।
संगठनको महासचिवमा रामकुमार एलन बिजयी भएका छन् । उनले १३९ मत पाएका छन् । महासचिवका अर्का प्रत्यासी हृदय भूसालले १३० मत पाएका छन् । खुल्ला उपाध्यक्षमा नवराज छत्कुली बिजयी भएका छन् । महिला उपाध्यक्षमा अस्मिता गिरी निर्वाचित भएकी छन् ।
तीन उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु बिजयी भएका छन् । सचिव खुलातर्फ अनिल शाही, शिवप्रसाद ढुंगाना र पूर्णबहादुर कार्की बिजयी भएका छन् । सचिव महिलातर्फ कान्ति न्यौपाने र दलिततर्फ प्रदिप नेपाली निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएकी छन् ।
समाजवादी प्रेस संगठनको प्रथम अधिवेशन शुक्रबारदेखि सुरु भई शनिबार नयाँ नेतृत्व चयनसँगै समापन भएको थियो ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend