Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी प्रेस संगठनको प्रथम अधिवेशन जेठ २६ र २७ गते काठमाडौंमा हुने


    बिहिबार, बैशाख १४ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी प्रेस सगठन, नेपालको प्रथम अधिवेशन आगामी जेठ २६ र २७ गते काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको संगठनको सचिवालय बैठकले संगठनको अधिवेशन गर्ने निर्णय गरेको हो ।

    संगठनले २०८० वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसक्ने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यले मात्र सम्मेलनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको छ ।

    उक्त बैठकले अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रवन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समिति गठन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार