Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थायी समिति बैठकअघि ओली–प्रचण्डबीच छलफल


    शुक्रबार, भाद्र २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल जारी छ। आजको लागि तय भएको स्थायी समिति बैठक अगाडि दुई अध्यक्षबीच छलफल भएको हो । 

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे १० बजेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको थाहा भएको छ ।

    बैठकमा आज दुई अध्यक्षले संयुक्त प्रस्ताव पेश गर्ने र बैठक आजै सकाउने तयारी छ। पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार