Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको स्थायी समिति बैठक बस्दै, ओली–दाहाल समझदारी भएकै हो ?


    शुक्रबार, भाद्र २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अहिले ११ बजे बस्दैछ । २०७६ फागुनदेखि नेकपामा देखिएको अन्तरसंघर्ष आजको स्थायी समिति बैठकले हल गर्ला त भन्ने कौतुहलता सबैतिर छ ।

    नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनको कार्यान्वयन गरी स्थायी समिति बैठकबाट विवाद समाधानतिर जाने अनुमान गरिएको छ । विभाजनको तहसम्म पुगेको नेकपालाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसरी सहमतिका साथ अगाडि लानेछन् ? आजको स्थायी समिति बैठकपछि नै त्यसका संकेतहरु देखिनेछन् । नेकपाको स्थायी समिति बैठक पटक पटक स्थगित हुँदैआएको थियो । पार्टी अध्यक्षद्वय ओली र दाहालबीच कुरा मिलिसकेकाले आजको बैठकले नेकपामा जारी विवाद समाधान हुने पनि बताइएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी दुई अध्यक्षको समझदारीमा फर्किएको उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । अब नेकपाको कचिंगल समाधान हुने २०७६ फागुन यता विभिन्न रूपमा देखा परेको दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुनः दुई अध्यक्षको समझदारीमा फर्केको छ । खासमा एकताको पहलकर्ता र निर्णयकर्ता दुबै उहँहरू हो र एकता जोगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै हो । सरकारको प्रभावकारी संचालन र पार्टीको एकता अनि गतिशीलता पनि यसआधारमै निश्चय हुनेछ ।
    ६ सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनको कार्यान्वयनमा अध्यक्षद्वयले सहमतिमा बनाउनुभएको कार्ययोजना प्रस्तावको एकताबद्ध कार्यान्वयन नै यसको आधारशीला बनेको छ ।

    आज ११ बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन ।’

    नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले दुई अध्यक्षबीच सहमति भइसकेको उल्लेख गरी पार्टीका बरिष्ठ नेता माधव नेपालको भूमिका नै नभएको देखाउन खोजेका छन् । दुई अध्यक्षबीच सहमति गरी माधव नेपाल समूहलाई कर्नरमा पारिएको चर्चा पनि चल्न थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार