Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिवालय फेरबदलको तयारीमा प्रधानमन्त्री ओली


    शुक्रबार, भाद्र २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको दबाबमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनको सल्लाहकार टीमको फेरबदलको बिषय पनि पेचिलो रुपमा उठेको छ । सचिवालयका कारण कतिपय बिषयमा आलोचित र विवादित बनेका कारण पनि सचिवालयको पुनब्र्यवस्थापन गर्नुपर्ने सोचमा प्रधानमन्त्री ओली पुगेको बालुवाटार स्रोत बताउँछ । आफ्नै समूह र निकटका नेता–कार्यकर्ता तथा शुभचिन्तकले पनि सचिवालयको कार्यशैलीबारे चर्को असन्तुष्टि जनाउँदै आइरहेका छन् । ओलीले आगामी पार्टी महाधिवेशनसम्मलाई हेरेर सचिवालय पुनब्र्यवस्थापन गर्ने सोच बनाएका छन् । सचिवालय टीमका बिषयमा प्रधानमन्त्री ओलीले बिचार नगरे आफूहरु निस्क्रिय बस्ने कतिपय नेताले राष्ट्रपतिसँग समेत भेटेर कुरा राखेको शितल निवास स्रोतले बताएको छ ।

    पार्टी स्थायी समिति सदस्य शंकर पोखरेललाई मुख्यमन्त्रीको भूमिकाबाट बिदा गरी केन्द्रीय भूमिकामा ल्याउने तयारी पनि भइरहेको छ । पोखरेललाई प्रदेश सरकारबाट बिदा गरी प्रदेश सांसदबाट पनि राजीनामा दिन लगाई संघीय सरकारको अर्थ वा संचार तथा सूचना प्रविधि मन्त्री बनाउने बिषयमा पनि छलफल र परामर्श भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार पोखरेललाई यी दुई मन्त्रालय दिने परिस्थिति निर्माण नभएमा मुख्य सल्लाहकार बनाउने विकल्पमा पनि छलफल भइरहेको छ । पोखरेल मुख्य सल्लाहकार भएमा बिष्णु रिमाल अमेरिकाको राजदूत  र डा. युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार हुनेछन् । तेस्रो विकल्पमा पोखरेललाई महाधिवेशनसम्म पार्टीको केन्द्रीय भूमिकामा ल्याउने छ । 

    असोजको दोस्रो सातासम्म मन्त्रिमण्डल पुनर्गठन हुने स्रोत बताउँछ । यद्यपि केही दिनअघि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल तत्काल पुनर्गठन नहुने आश्वासन मन्त्रीहरुलाई दिएर ढुक्कसँग काम गर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार