Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुन-चाँदीको मूल्य


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

    अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार