Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा


    बिहिबार, जेष्ठ २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतको बेङ्लोरमा आयोजना हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय पुरूष फुटबल टीमको घोषणा भएको छ ।

    आज मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टाे अनिसले आगामी महिना हुने साफका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणाा गरेका हुन् ।

    नेपाली टीममा विमल घर्ती मगरले पुनरागमन गरेका छन् । यसअघि दशरथ रंगशालामा आयोजना भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा विमल टीममा परेका थिएनन् ।

    यस्तै, भिन्सेन्जोले साफका लागि टीममा तीन नयाँ अनुहार समेटेका छन् । मिडफिल्डर आभाष लामिछाने, सिमन्त थापा र लाकेन लिम्बू पहिलो पटक टीममा परेका हुन् ।

    सफ खेल्ने नेपाली टीमः

    गोलकिपरः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की

    मिडफिल्डरः पुजन उपरकोटी, एरिक बिष्ट, नवीन लामा, मणि कुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने

    डिफेन्डरः बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा

    फर्वाडः दीपकराज सिंह ठकुर, आयुष घलान, नवयूग श्रेष्ठ, अन्जन खड्का, आषिस चौधरी, मनिष डाँगी, बिमल घर्ती मगर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार